नेप्सेमा दुई हाइड्रोपावरको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । बिहीबार सिंगटी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।

जसमा सिंगटी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ३०५.८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको छ । समायोजन पश्चात कम्पनीको भाउ २०२.९० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४२८.८० रुपैयाँ लाई आधार मानेर भाउ समायोजन गरिएको छ। समायोजन पछि कम्पनीको मूल्य ४०९.३६ रुपैयाँ कायम भएको छ ।

योसँगै, यही समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार पुस २२ गते आइतबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स