तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम दिन रहेको हो ।

यी तीन कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० देखि २२ सम्म बुक क्लोज गर्ने निर्णय गरेसँगै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

तसर्थ, आज पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ५.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

बोटलर्स नेपाल तराई लिमिटेडले गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ। कम्पनलिे पुस २७ मा साधारणसभा आह्वान गरेको छ ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ। कम्पनीले पुस २९ गते साधारणसभा गर्नै भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स