नेप्सेमा लक्ष्मी सनराइज बैंक सहित तीन कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक सहित तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा, लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य १९४.३० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य १८१.५९ रुपैयाँ कायम भएको छ।

मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३७१.७५ रुपैयाँ कायम भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५९१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ५१७.२९ रुपैयाँ कायम भएको छ ।

योसँगै, भोलि बिहीबार यी तीनै कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स