काठमाडौं । बुधबार, नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५ लाख कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, दिब्यश्वरी हाइड्रोपावर, एनआरएन, पिपल्स् हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनीको १०% र नेपाल वायर हाउजिङको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।