काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५ लाख कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २३ करोड ३५ लाख, आईएमई लाइफ इन्स्योरेन्सको १५ करोड ७० लाख, एनआरएनको १५ करोड ४० लाख, हाथ्वे इन्भेष्टमेन्टको १४ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।