साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १८ लाख ९२ हजार कित्ता सेयर ४ अर्ब ४८ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको २० करोड १२ लाख, हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको १० करोड ८२ लाख, रिलायबल नेपाल लाइफ इन्स्यो।ेन्सको ९ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स