साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से सूचक १.९३ विन्दुले घटेर २०६८.९० अंकमा आएर रोकिएको छ ।

बिहिबार ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेको छ । यसैगरी, २ वटा कम्पनीमा नकारात्मक सर्किट पनि लागेको छ । १३ मध्ये ६ वटा समूह बढेका छन् भने बाँकी समूहका सूचक घटेका छन् ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५५.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमजिङ नेपालको भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स