काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी होटल्स र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा हाथवे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७९६.५० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ७२४.९ रुपैयाँ कायम भएको छ।
तारागाउँ रिजेन्सी होटल्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७०.१० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ८३६.६३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशतमा सेयर मूल्य समायोजन भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ६२२.३३ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर भोलि बिहीबार यी तीन कम्पनीको कारोबार खुल्ने छ ।