करिब साढे ५ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४३ लाख कित्ता सेयर ५ अर्ब २४ करोड ८७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १८ करोड ६६ लाख, सूर्या ज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख, हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख, नेपाल रिपब्लिक मिडियाको १२ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स