नेप्सेको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । नेप्सेको आज पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्दै लाभांश प्रस्ताव गरेर साधारणसभा गर्ने मिति तय गरेको छ। नेप्सेले पुस २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।

नेप्सेले अघिल्लो वर्ष १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स