यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७१ लाख कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको २५ करोड ४७ लाख, हिमालयन डेष्टिलरीको २० करोड ६ लाख, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३६ लाख, घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स