कुन मूल्यमा भयो भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर र नेपाल वेयर हाउजिङको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वेयर हाउजिङको पहिलो कारोबार सुरु भएको छ । बिहीबारको स्पेशन प्रि(ओपन सेसनमा यी तीने कम्पनीको दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

जसमा भिजन लुम्बिनी उर्जाको पहिलो कारोबार प्रतिकित्ता ३६५.३० रुपैयाँमा खुला भएको छ । बुधबार कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड ९१ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको थियो ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १२१.७८ रुपैयाँदेखि ३६५.३४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ‘भीएलयुसीएल’ संकेत प्रदान गरेको छ ।

त्यस्तै, चिरख्वा हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा खुला भएको छ । बुधबार कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १००.१ रुपैयाँदेखि ३००.३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीलाई ‘सीकेएचएल’ संकेत प्रदान गरेको छ ।

नेपाल वेयर हाउजिङको २०८.८० रुपैयाँमा कारोबार खुला भएको छ । कम्पनीको ६८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९३.४ रुपैयाँदेखि २७९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीलाई ‘एनडब्लुसीएल’ संकेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स