प्रभु हेलिकप्टरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ६ करोड ६० लाख सेयर पुँजी बराबरको १०० रुपैयाँ अंकितमूल्य दरको ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो।

उक्त कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा प्रभु हेलिकप्टर नेपालको पुँजी बजारमा आईपीओ निष्काशन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स