काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलको सेयर मूल्य समायोजन भएको छ ।
बुधबार कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०७ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ४८२.८६ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर भोलि बिहीबार पुस ५ गते कम्पनीको कारोबार खुल्ने छ ।