७ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९९ लाख कित्ता सेयर ७ अर्ब ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

कुल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता सेयर ७ अर्ब ९५ लाख ७५ हजार १७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको सेयर कारोबार भएको छ ।
सोल्टी होटल चौबिस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धनवृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३.४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.३९ प्रतिशतले गुमाएका छन् ।

 

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स