नेप्सेमा तीन कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वेयर हाउजिङको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

जसमा भिजन लुम्बिनी उर्जाको भिजनको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड ९१ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।नेप्सेले कम्पनकिो पहिलो कारोबारका लागि प्रतिकित्ता १२१.७८ रुपैयाँदेखि ३६५.३४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ‘भीएलयुसीएल’ संकेत प्रदान गरेको छ ।

त्यस्तै, चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १००.१ रुपैयाँदेखि ३००.३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीलाई ‘सीकेएचएल’ संकेत प्रदान गरेको छ ।

नेपाल वेयर हाउजिङको ६८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९३.४ रुपैयाँदेखि २७९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीलाई ‘एनडब्लुसीएल’ संकेत प्रदान गरेको छ ।

योसँगै, अब भोलि बिहीबारको स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा सोही रेन्जभित्र रहेर यी ३ कम्पनीको पहिलो कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स