नेप्सेमा उछाल आउँदा शिवम् सिमेन्ट्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६४ लाख कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३७ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको २८ करोड ७३ लाख, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख, हाथवे इन्भेष्टमेन्टको १४ करोड २९ लाख, घोराही सिमेन्ट्सको १३ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स