हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

कम्पनीले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोजको मिति समेत तय गरेको छ। जसअनुसार पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स