प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते साँझ बसेको बैठकले प्राधिकरणले तोके अनुसार चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

बैठकले १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गर्नपर्छ ।

कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । प्राधिकरणले तोकेभन्दा यो करिब ७१ करोड रुपैयाँ कम हो । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोके अनुसार चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने भएको हो ।

प्राधिकरणले जीवन बिमा कम्पनीलाई चुक्ता पुँजी ५ अर्ब पुर्याउन भनेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स