करिब ७ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १४ लाख कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको २० करोड २८ लाख, सोल्टी होटलको १८ करोड ४३ लाख, शिवम् सिमेन्ट्सको १६ करोड ८३ लाख, घोराही सिमेन्ट्सको १४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स