काठमाडौं । जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँ रहेको छ ।