रुरु जलविद्युतको लाभांश घोषणा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

कम्पनीले पुस २५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स