५ अर्बभन्दा बढीको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७१ लाख कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको १६ करोड ६५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख, शिवम् सिमेन्ट्सको १४ करोड ५ लाख, अरुण काबेलीको १२ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स