मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा वितरण हुने छ ।

त्यस्तै, कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसमा पुस १९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स