काठमाडौं । बिहीबार, नेप्से परिसूचक ६.३० अंकले बढेर १९९४.३५ अंक विन्दुमा आइपुगेको छ ।
आज ९६ लाख ३७ हजारको कित्ता सेयर ३ अर्ब ३५ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४० वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बोटलस् नेपाल, हिमालयन लघुवित्त, नेपाल हायड्रो, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा १० प्रतिशतको सकरातमक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्सको ९.९९%, दोल्ती पावरको ९.९८%, मिड सोलु हाइड्रोपावरको ९.९८ प्रतिशतले सर्किट लागेको छ ।