यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ६.३० अंकले बढेर १९९४.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९६ लाख ३७ हजारको कित्ता सेयर ३ अर्ब ३५ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४० वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४९ लाख, हाथ्वे इन्भेष्टमेन्टको ९ करोड १३ लाख, शिवम् सिमेन्ट्सको ९ करोड १२ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ७ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स