काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २० लाख ९५ हजारको कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १२ करोड ६६ लाख, अरुण काबेलीको १२ करोड ४२ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख, हाथ्वे इन्भेष्टमेन्टको ८ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।