नेप्सेमा हिमालयन क्यापिटलको ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड सूचीकृत, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाई सूचीकृत भएको छ । बुधबार फण्डको १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्कासन गरेको थियो । उक्त योजनाको आकार १ अर्ब रुपैयाँ छ ।

फण्डको ‘H8020’ सिम्बलबाट कारोबार हुने छ ।

नेप्सेमा सूचीकृत भएकाले कम्पनीको डिवेञ्चरको भोलि बिहीबारबाट कारोबार गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स