काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६.८१ रुपैयाँदेखि २३०.४३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।
यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।
नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत तोकिएको छ ।
कम्पनीले मंसिर ८ देखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनकिो आईपीओ बाँडफाँट भएको ८ दिनमै सूचीकृत भएको हो ।