साढे ४ अर्बको कारोबार हुँदा शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २४ लाख ६३ हजारको कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको १५ करोड १० लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३५ लाख, माउन्टेन इनर्जीको ११ करोड ९७ लाख, सोल्टी होटलको ११ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स