काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ४६ लाख ९८ हजारको कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख, माउन्टेन इनर्जीको १४ करोड ४० लाख, शिवम् सिमेन्ट्सको १३ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।