काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकनको लागि प्रविण कुमार झा को संयोजकत्व समिति बनाएको छ । बोर्डले बनाएको उक्त समितिको सदस्यहरूमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् ।
झा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)बाट धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधि रहेका छन् भने अर्का सदस्य ढुंगाना स्वतन्त्र सञ्चालक छन् । श्रेष्ठ र गिरी भने बोर्ड व्यवस्थापन समूहका सदस्यहरु हुन । अहिले श्रेष्ठ बोर्डको कार्यकारी निर्देशक र प्रवक्ता छन् भने गिरी सहायक कार्यकारी निर्देशक छन् ।