ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ८९ लाख रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स