फ्लोर्सिट अध्ययन गर्दा देखिए क्यापिटल म्याक्सका लगानिकर्ता स्मार्ट

काठमाडौं । स्थापनाको सुरुवाती चरणबाटै अग्रस्थानमा रहेको नयाँ ब्रोकर क्यापिटल म्याक्स ब्रोकर नं ६२ अन्य पूराना ब्रोकरहरूलाई पछि पार्दै पछिल्लो समय निरंन्तर टपटेनभित्र परिरहेको छ । जसरी कारोबारमा अग्रस्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ । त्यसै गरि सेयर खरिद बिक्रिको कारोबारमा पनि आफूलाई स्मार्ट ब्रोकरको रुपमा स्थापित गर्न सफल भएको छ ।

ब्रोकर उदघाटन देखिनै फ्लोरमा दुईवटा डिस्प्ले मनिटरमा फ्लोरसिट र टेक्निकल चार्ट लगाएर लगानी कर्तालाई बजारको ट्रेन्डअनुसार चल्नु पर्छ भन्ने सन्देश दिँदै टेक्निकल ट्रेन्ड अनुसार लगानी कर्तालाई पनि खरिद गर्ने सपोट प्वाईन्ट र बिक्रि गर्ने रेसिस्टेन्ट प्वाईन्टको बारेमा अभ्यस्त गराएकोले पनि त्यहाँका लगानी कर्ताले निरंन्तर दुई हप्तादेखि राम्रा कंम्पनिका सेयर खरिद चाप बढाएका थिए ।

अरु डराउँदा उनीहरू हौसिदै किनिरहेका थिए, बेला बेला अनुभवी टेक्निकल हेर्ने लगानीकर्ता साथीहरूले यो १८ सयका विन्दु किन्ने किन्ने बेला हो नडराइ छानी छानी किन्नुस भन्ने सल्लाह दिएको त्यहाँ कारोबार गर्ने लगानी कर्ताको भनाइ छ । स्वयम् उनी पनि त्यहिबाट कारोबार गर्ने हुनाले हामीलाई राम्रो मार्गनिर्देशन भएको दिनहुँ कारोबार गर्न आउने लगानी कर्ताको भनाइ छ । सेयर खरिद बिक्रि सबैले गर्छन् तर, कुन अवस्थामा कस्तो रणनीति अपनाउने भन्ने चै स्मार्ट इन्भेस्टरले मात्रै अपनाउन सक्छन् ।

जुनकुरा क्यापिटल म्याक्सले आफूलाई स्मार्ट इन्भेस्टर भएको ब्रोकरको रुपमा प्रमाणित गरेको छ । नेप्से परिसूचक तल्लो बिन्दुमा आँउदा लगानी कर्तालाई क्वालेटरको समस्या नहुने जोखिम हेरेर निर्णय गर्नुस भन्दै लिमिट उपलब्ध गराउने गरेको फ्लोरमा उपस्थित भई कारोबार गर्ने लगानी कर्ताले हाम्रोअर्थलाई बताए । सेयर बजार ओेरालो लाग्दाको अवस्थामा पनि क्यापिटल म्याक्सले कारोबार राम्रो थियो । दैनिक १० करोड बराबरको कारोबार गरेर म्याक्सले आफूलाई अब्बल सावित गरेको छ ।

अन्यहरू ब्रोकरमा पनि कारोबार गर्नेहरू, बजार घट्दै जाँदा अन्य ब्रोकरहरूले क्वालेटर हटाउने तथा घटाइ दिने र बजारको बारेमा अत्याउने गरेकाले पनि हामी ले किन्ने बेलामा बेच्ने र बेच्ने बेलामा किन्ने उल्टो काम गरिरहेको यहाँ आएपछि अनुभव गर्याै एक लगानी कर्ताले आफ्नो अनुभव सुनाए । यहाँ ट्रेन्ड अनुसार चल्नको लागि र टेक्निकल सफ्टवेयर सुविधा लिनको लागि पनि यहाँ खाता खोलेर कारोबार गरिरहेको उनको बताए ।

सेयर खरिद ब्रिक्रिगर्दमा लगानि कर्ताले कमाउन सक्छन् भन्ने छैन , नेप्सेको उतार चढाबलाई पैल्याएर तल्लोबिन्दुमा नडराई किन्ने र माथिल्लो बिन्दुमा नलोभिई बेच्न सक्ने लगानी कर्ताले नै मनग्ये कमाउन सक्ने हो। त्यो वातावरण क्यापिटल म्याक्सले प्रदानगर्न सफल भएको छ ।

अर्काे रोचकिलो कुरात केछ भने ११/१२ वटा शाखा भएको पुराना ब्रोकरलाई कारोबारमा पछि पार्दै एउटामात्र मुख्य कार्यालय भएको ब्रोकरले निरंन्तर कारोकारमा टपटेनमा पर्दै मार्केटलाई नै लिड गर्ने कोसिस गर्नु क्यापिटल म्याक्सको सफलताको सूचक हो । जो सफल हुन्छन् उनका अनुयायीहरु हत्तपत्त असफल कमै हुन्छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स