काठमाडौं । आजका लागि सेयर कारोबार आजको लागि स्थगित भएको छ । सेयर बजार ६ प्रतिशाले बढेपछि अर्थात तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको हो ।
कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण १५ मिनेट कारोबार स्थगन गरिएको थियो ।
त्यसपछि पुनः खुलेको ७ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः अर्को सर्किट लगाइएको थियो ।
दोश्रो सर्किट लगाएपछि नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगन गरेको थियो ।
त्यसपछि पुनः खुलेको बजार ६ प्रतिशतले बढेपछि अर्थात तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको हो ।