त्रिशुली जलविद्युतको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा अन्य कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ५ हजारको कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, त्रिशुली जलविद्युतको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । समाज लघुवित्तको ९.९७%, सीवाईसी नेपाल लघुवित्तको ९.९१%, नबिल ब्यालेन्स फण्डको ९.४८%, आशा लघुवित्तको ७.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको ७.८१%, मन्दाकिनी हाइड्रोपावरको ५.४१%, विजया लघुवित्तको ५.१९%, मन्छियम हाइड्रोपावरको २.९२%, सिटिजन्स लाइफ इन्स्योरेन्सको २.९० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स