देश र संस्थालाई गाली गरेर कोहि ठूलो हुँदैन, विदेशी चलखेलबाट देश बिग्रदैनः डा. उपेन्द्र महत्तो

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष तथा माछापुच्छ्रे बैंकका निवर्तमान अध्यक्ष डा. उपेन्द्र महत्तोले देश र संस्थालाई गाली गरेर कोहि ठूलो नहुने बताएका छन् । आज माछापुच्छ्रे सेक्युरिटिज उद्घाटनको क्रममा उनले देशलाई सबैले गौरब गर्न सक्ने बनाउनु पर्ने बताएका हुन् ।

‘देश र जनताको खुशी वा समृद्धी चाहान्छौ भने परिवर्तन हुन सक्नु पर्छ’, उनले थपे ‘जुन देश अत्यन्त समृद्ध हुनु पर्ने हो, त्यो हुन सकिरहेको छैन । विदेशी चलखेलबाट देश बिग्रदैन । हामी आफैले देशका लागि केहि गर्न सक्छौं भन्ने भावना र उमंग सबैमा हुनुपर्छ ।

पैसा कमाउन सबैलाई मन लाग्छ । त्यस्तो पैसामात्रै काम लाग्छ जुन पैसा इमान्दारपूर्वक कमाइएको होस् । त्यस्तो पैसाबाट देश विकास भएमा मात्रै हामी विश्वसामु स्थापित हुन सक्छौ ।’

यहाँ सबै गुरु भए पढ्न बस्ने वा विद्यार्थी बन्न कोहि चाहदैन । कानुनको परिधिभित्र बसेर देश विकासमा जुट्नु पर्छ ।’
माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार धमालले गरेका हुन् । पुँजी बजार सुधारका लागि यो एक नयाँ फड्को हुने विश्वास कम्पनीले लिएको छ ।

लगानीकर्ताको समस्या सहज र सरल रुपमा समाधान गर्न माछापुच्छ्रे सेक्युरिटीज सधैं अग्रसर हुने कम्पनीले जनाएको छ । काठमाडौंको जमलमा रहेको रहेको उक्त कम्पनीले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै देशको दूरदराजसम्म शाखा विस्तार गरी सेवा दिने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स