नेप्सेमा त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा त्रिशूलीको पहिलो कारोबार प्रतिकित्ता २६८ रुपैयाँमा खुला भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्च बिन्दुबाट नै कारोबार सुरु भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको ‘TVCL’ सिम्बलबाट कारोबार भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स