एनसेल खरिद बिक्री स्थगित गर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले बुधबार नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका अधिकारीलाई बोलाएर गरेकोे छलफल पछि समितिले खरिद कार्य स्थगित गर्न निर्देशन दिएको हो ।

अस्वभाविक कम रकममा बिक्री गरिनुमा राजस्व छलिको आशंका समितिले गरेको हो । ८ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सेयर आजियाटाले एक साताअघि ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेको थियो।

कानूनी व्यवस्था परिपालना नगरिएको, सेयर खरिद बिक्री गर्दा अवास्तविक, एवम् अविश्वसनीय र अपारदर्शी तवरमा अति न्यून मूल्यांकन गरिएको, विदेशमा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभकर, स्वामित्व हस्तान्तरण कर लगायत कर प्रभावित गर्न खोजिएको भन्दै समितिले अहिलेको खरिद बिक्री रोक्न निर्देशन दिएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स