रिलायबल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ५५ हजारको कित्ता सेयर १ अर्ब १४ करोड १८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख, माउन्टेन इनर्जीको ६ करोड १९ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको ५ करोड ७९ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स