माउन्टेन इनर्जीसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज ४६ लाख ९८ हजारको कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माउन्टेन इनर्जी सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख, एनआरएन बैंक ५ करोड ७८ लाख, सोनापुर मिनरल्स्को ५ करोड ४१ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स