नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले कम्पनीको आश्ईपीओ भोलि मंसिर २० गते बुधबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनकिो आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ११.९५ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ६४ हजार १२५ जनाले १० कित्ताको दरले सेयर पाउनेछन् भने बाँकीको हात रित्तो हुने भएको छ ।

कम्पनीले मंसिर १० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणका आईपीओ निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स