काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ। कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन सदर भएको छ भने बाँकी आवेदन भने रद्द भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो ।
कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँट गरिसकेको छ ।
यसपछि कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
सर्वसाधारणलाई सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ ।
आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट : https://www.nimbacecapital.com/
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : http://iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।