काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख ९६ हजारको कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, समाज लघुवित्तको ८.०६, एनएमबी डिभेन्चरको ५.९८, तारागाँउ रेजेन्सी होटल्सको ५.८८, मलुङ हाइड्रोपावरको ४.९३, हिमालयन हाइड्रोपावरको ४.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, निफ्रा बैंकको ९.९९, माउन्टेन इनर्जीको ९.९९, एसबीएल डिभेन्चरको ५.८७, इङ्वा हाइड्रोपावरको ५.५१, इमर्जीङ नेपालको ४.११ प्रतिशतले सेयर मूल्य घटेको छ ।