काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
सोमबार, नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख ९६ हजारको कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ७ करोड ७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड १९ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।