हिमालयन डिस्टीलरीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । हिमालयन डिस्टीलरीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनकिो आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स