तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ११ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स