सोनापुर मिनरल्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।

आइतबार, नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख १९ हजारको कित्ता सेयर ९६ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हाथ्वे इन्भेष्टमेन्टको ३ करोड १५ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको २ करोड ७७ लाख, युनाइटेड आइडीआई मर्दीको २ करोड ७० लाख, रिलायबल नेपाल इन्स्योरेन्सको २ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स