मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट हुने मिति तय

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले कम्पनीको आईपीओ मंसिर १९ गते मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिमदिन सम्म १३ लाख २२ हजार ९५४ जना आवेदकले १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १२.४८ गुणा बढी हो । कम्पनीको आईपीओमा १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीको आईपीओमा आवेदन दिएका १२ लाख ८ हजार १५४ भन्दा बढीको हात खाली हुने भएको छ ।

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँट गरिसकेको छ ।

यसपछि कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

सर्वसाधारणलाई सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स