नेपाल हाइड्रोको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेपाल हाइड्रोले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पुस १२ गते नक्साल स्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स